उद्योगमन्त्री भट्ट भन्छन् – सरकार व्यवसाय मैत्री बन्दै गएको छ

काठमाडौं, २७ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दाबी गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको ७० औं दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको दाबी गरेका हुन् ।

उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनैपनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गरेका छन् । तर, विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि केही वस्तुमा मूल्यवृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टको तर्क छ ।

मन्त्री भट्टले आफूले मन्त्रालय सम्हालेदेखि व्यवसाय मैत्री वातावरण बन्दै गएको दाबी समेत गरे । कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board