बजार अनुगमन : डीडीसीमा भेटियो दुई लाख किलो म्याद गुज्रिएको बटर

पोखरा,२७ असोज । सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको झण्डै दुई लाख किलो बटरमा उपभोग्य मिति सकिएको फेला परेको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले आज गरेको बजार अनुगमनमा एक लाख ९४ हजार किलो ९ सय ७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको हो । ‘दूग्ध विकास संस्थाको बालाजु उत्पादन प्लान्टको चार वटा गोदाममा रहेको एक लाख ९४ हजार ९ सय ७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको बजार अनुगमन टोली प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए ।

बटरको प्याकिङमा उत्पादित मितिले आठ महिनाअघिनै उपभोग गरिसक्न भनिएको तर, गोदामका अधिकांश बटरमा सो मिति नाघेको भण्डारीले बताए । सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनावरीमा बनेको बटर गोदाममा भेटिएको हो । उत्पादन सकिएको बटर पनि डीडीसीले सुजलसंग किनेको पाइएको अनुगमन समितिले जनाएको छ । सुजलसंग किनेको बटरबाट डीडीसीले घिउ उत्पादन गरेर बजार पठाउने गर्दछ । दुग्ध विकास संस्थानको बालाजु आयोजनाले भने बटरको म्याद नसकिएको दाबी गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति