कर्णाली प्रदेश विवादः प्रचण्ड-नेपाल समूह छलफलमा

काठमाडौं, २७ असोज । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न छलफल भईरहेको स्रोतले बतायो ।

सोमबार भएको छलफललाई निरन्तरता दिँदै नेता नेपाल पक्षका नेताहरु प्रकाश ज्वाला, निरज आचार्य र ध्रुब शाही छन् भने प्रचण्ड पक्षबाट मुख्यमन्त्री शाही, नेकपा कर्णालली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा र प्रदेश सांसद बिन्दमान बिष्ट रहेको बताईको छ । प्रचण्ड र नेता नेपाल पक्ष भने सहमति नजिक नै पुगेको स्रोतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति