लुम्बिनी प्रदेशमा लेखा समिति सभापतिलाई कोरोना

दाङ, २७ असोज । लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति डिल्लीबहादुर चौधरीलाई पनि कोरोना संक्रमन पुष्टि भएको छ। निमिनिया र सुगरको समस्या देखिएपछि बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यहीँ गरिएको पिसिआर परीक्षणका क्रममा सोमबार राति संक्रमण पुष्टि भएको हो।

अस्पताल प्रशासनले जनाए अनुसार उनी आइसियूमा भर्ना भएका चौधरीको स्वास्थ्यमा मंगलबार क्रमिक सुधार आएको छ । स्वास्थ्यमा एकाएक समस्या उत्पन्न भएपछि उनी दुई दिनअघि भेरी अस्पतालमा भर्ना भएका थिए। त्यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको थियो। चौधरीका चालक र सुरक्षाकर्मीलाई भने कोरोना संक्रमण पुष्टि भएको थियो।

यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, काननुमन्त्री कुलबहादुर केसी लगायतलाई संक्रमण पुष्टि भइसकेको छ। हाल उनीहरू होम आइसोलेनमा बसेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति