चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

चितवन, २७ असोज । चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको २५२ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमितमध्ये ३२ जना चितवनका हुन् भने बाँकी २ जना सर्लाही र नवलपरासीका पुरूष छन् । संक्रमित हुनेहरू १५ वर्षीय किशोरदेखि ६६ वर्षका पुरूषसम्म छन् ।

भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।


यस्तै माडी कि १ महिला, खैरहनीका १ पुरूष, रत्ननगरका २ पुरूष र इच्छाकामनाका १ पुरूषमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति