नहरमा डुबेर ३५ वर्षीय कासिमको मृत्यु

लहान, २६ असोज । सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम सदा रहेको प्रहरीले जनाएको छ ।

घर नजीकैको कमला नहरमा नुहाउन गएका सदा आइतबार साँझ बेपत्ता भएका थिए । खोजतलासका क्रममा आज बिहान सदाको शव फेला परेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । सदाको शव नहरको उत्तरपट्टि बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति