चीन र भारतीय सीमामा सुरक्षा तैनाथी बढाउँदै नेपाल, ४ सय ८५ ठाउँमा बीओपी राख्ने तयारी

काठमाडौँ – सरकारले संवेदनशील मानिएका सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाउँदै लगेको छ । चीनतर्फको सीमा क्षेत्रमा पछिल्लो ६ महिनामा ५ स्थानमा बीओपी राखिएको छ भने भारततर्फ ४५ वटा बीओपी थपिएको छ ।

सामरिक सुरक्षा र व्यापारिक महत्त्वका दृष्टिले दार्चुलाको छाङरुदेखि नवलपरासीको सुस्ता हुँदै ताप्लेजुङको ओलाङचुङगोलासम्म २०७७ वैशाखयता मात्रै सशस्त्र प्रहरी बल (एपीएफ) का ५० वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएका छन् ।

सशस्त्र प्रहरीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तय गर्दै चीनतर्फ १५ र भारततर्फ ४ सय ८५ ठाउँमा बीओपी स्थापना गर्ने गरी काम अघि बढाएको छ ।

दार्चुलाको छाङरु, संखुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुगोला, नवलपरासीको सुस्तादेखि मुस्ताङको लोमान्थाङसम्म सशस्त्रका बीओपी स्थापना भएका छन् । छाङरुमा गृहमन्त्री रामबहादुर थापाले बीओपीलाई स्तरोन्नति गर्दै केही समयअघि गुल्म उद्घाटन गरे । ओलाङचुङगोलामा पर्यटनमन्त्री योगेश भट्टराईले गत बुधबार बीओपी उद्घाटन गरे । शनिबार मात्रै सशस्त्रले लुम्बिनी प्रदेशको नवलपरासीस्थित सुस्ता गाँउपालिका–५, बलीनगरमा बीओपी स्थापना गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति