विश्वभर पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ हजार ७५ जनाको मृत्यु : मृतकको संख्या १० लाख ७७ हजार नाघ्यो

काठमाडौं, २५ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५०७५ जनाको मृत्यु भएको छ ।

योसँगै आइतबार बिहानसम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ७७ हजार ४५८ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८७८ जना संक्रमित भएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख ५४ हजार नाघेको छ ।

संक्रमितमध्ये २ करोड ८१ लाख १२ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ६९४ जना संक्रमण मुक्त भएका छन् ।


सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७९ लाख ४५ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७० लाख ५१ हजारमा संक्रमण पुष्टि भएको छ ।

यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख ९१ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३० हजार ३०८ जनाको मृत्यु भएको छ ।

५९ लाख ४३ हजार १६० जना संक्रमित भएकोमा ३० लाख १० हजार ७१३ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति