युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छ : मन्त्री ज्ञवाली

काठमाडौं, २४ असोज । सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए । रसुवामा निर्माणाधीन विभिन्न विकास योजना तथा चीनसँगको रसुवागढीको अवलोकन गरेर फर्कने क्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा शुक्रबार आयोजित अन्तक्र्रियामा मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुु¥याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताए ।

“आर्थिक प्रलोभनमा नपरी सुशासन र पारदर्शीरूपमा सेवा पु¥याउन लाग्नुपर्छ”, उनले भने, “जनतालाई सहज सेवा दिन कार्यालयमा नियमित उपस्थित, नरम व्यवहारदेखि अतिरिक्त समय समेत कार्यालयलाई दिएर राज्यको सेवा सरल बनाउनुपर्छ । ”

विकास निर्माणका योजना समयमै पूरा गर्नसके देशमा समृद्धि आउने उनको विश्वास छ । विकास निर्माणलगायतका कामसहित सेवा प्रवाहमा राजनीतिक दलसहितका सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्ने सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीको सुझाव छ । “देशको शिक्षित युवा अध्ययन र बलिया युवा रोजगारको नाममा विदेश जान बाध्य भइरहेका छन्, त्यसलाई रोक्न सक्ने योजना बनाउनुपर्छ”,उनले भने “तीन तहका सरकारले स्वरोजगारमुखी कार्यक्रममार्फत कृषि, पशुपक्षीपालनलगायतका क्षेत्रमा आकर्षित गराउने कार्यक्रम चलाउनुहोस् ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति