लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना संक्रमण

रुपन्देही, २३ असोज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि आज उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेशनमा बस्नुभएको र स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कवरले जानकारी दिए । मन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वकीय सचिव तथा सुरक्षाकर्मीको आजै पिसिआर परीक्षण गरिँदै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति