२४ घण्टामा उपत्यकामा १४०९ जना संक्रमित

काठमाडौं, २३ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, बितेको २४ घण्टामा देशभर २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । १३ हजार २७९ जनाको परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित भेटिएका हुन् । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति