एबीसी मिडिया ग्रुप एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल कोरोनामुक्त

काठमाडौं, २३ असोज । एबीसी मिडिया ग्रुप एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष तथा एबीसी न्यूजका प्रधान सम्पादक शुभशंकर कँडेल कोरोना संक्रमण मुक्त भएका छन् ।

अध्यक्ष कँडेलले सामाजिक सञ्जालमार्फत आफु कोरोनामुक्त भएको जानकारी गराएका हुन् । ३ हप्ता अघि स्वाव परीक्षण गराउंदा उनमा कोरोना पोजेटिभ देखिएको थियो । अध्यक्ष कँडेल स्वाव परिक्षण लगत्तै अससोज ५ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका थिए । ५ दिन अस्पतालको बसाईपछि ज्वरो नियन्त्रण भएको थियो । शुरुमा कंडेललाई ज्वरो, छाती दुख्ने र स्वर दबेको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि कंडेल हामे आइससोलशनमा बससेका थिए । कोभिड –१९ पोजेटिभ देखिएको १३ औंदिनमा स्वाव परिक्षण गर्दा पुनः पोजेटिभ देखिएको। थियो । संक्रमणको १९ दिन शुक्रवार पुन स्वाव परिक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखिएको हो । संक्रमणको क्रममा कंडेलले गुड्ची, अस्वगन्ध, जेठी मधु र दाल चिनी तथा बेसार पानीको सेवन गरेका थिए ।
कोरोना मुक्त भएपछि सामाजिक संजालमा उनले लेखेका छन् । ‘मलाई फेसबुक, टेलिफोन, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुस्वास्थ्यको कामना गर्ने सम्पूर्ण महानुभाव इष्टमित्र तथा सहकमर्मी हश्रप्रति हार्दिक आभार ब्यक्त गरेका छन् । कंडेलले भने अहिले मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
कंडेलका अनुसार यस्तो खालको महामारीसग लड्ने बेलामा धेरे प्रकारका मानिसहरुप्रतिको धारणा जान्न र त्यसबाट गम्भीर पाठ सिक्न समेत मद्धत गर्दोरहेछ । कोरोनासंग जुधिरहेका बेला कंडेलले सुजित तमैनालीको शीलान्यास र रमेशनाथ पाण्डेको क्रान्ति र प्रतिक्रान्ति पुस्तक अध्ययन गरेको बताए । त्यही बीच शीघ्र प्रकाशनमा रहेको नेपालपेज द्धमासिकको समेत करिब कगम सकेका छन् ।
रमेशनाथ पाण्डेको पुस्तक पढिससक्दा अनेक जानकारीका बावजुद लेखक क्रान्ति र प्रतिक्रान्ति कस्ता घटनालाई मान्ने भन्नेमा गम्भीर अन्योलनमा रहेको कंडेलको ठहर छ । केही दिनपछि वmोरोना लडाईंबारेको श्रृंखलाबद्ध अनुवभ लेख्ने तयारी गरेको कंडेले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board