समयअनुसार रुपान्तरण गरेर अघि बढाउनुपर्छ – प्रधानमन्त्री ओली

काठमाडौँ, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विकास भइरहेको सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताए ।

१४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै उनले सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको बताएका हुन ।

नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको माग र चाहनाअनुसार लय मिलाएर काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले हुलाक सेवा जनस्तरमा सञ्चार सेवा उपलब्ध गराउने संसारकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा भएकोले भन्दै यसलाई समयअनुसार रुपान्तरण गरेर अघि बढाउनुपर्ने बताए ।

नेपालमा विसं १९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति