आज कर्मचारी सञ्चय कोषको काठमाडौं उपत्यकास्थित कार्यालय बन्द

काठमाडौं, २३ असोज । कर्मचारी सञ्चय कोषको काठमाडौं उपत्यकास्थित कार्यालय आज बन्द हुने भएको छ। कोषको उपत्यकास्थित कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कार्यालय बन्द गरिने कोषले निकालेको सूचनामा उल्लेख हो। कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न आज (असोज २३ गते) कोषको उपत्यकास्थित कार्यालयहरू बन्द हुने कोषले निकालेको सूचनामा भनिएको छ।
कोषबाट प्रवाह हुने अनलाइन विशेष सापटी सेवा यथावत रहने कोषको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरले उल्लेख गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति