कोरोनाबाट निको हुनेको संख्या देशभर ७१,३४३ पुग्यो

कामठाडौं, २२ असोज । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७१,३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २,६७५ जना कोरोना संक्रमित निको भएसँगै निको हुनेको कुल संख्या ७१,३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । बितेको २४ घण्टामा देशभर ४,३६४ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको छ ।अहिलेसम्मकै एकै दिनमा थपिएको यो संख्या उच्च हो । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको सरकारी तथ्यांमा उल्लेख छ । संस्थागत आइसोलेसनमा ११ हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको सरकारी तथ्यांमकमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति