काठमाडौं, २२ असोज । नेपालमा पछिल्लो ३४ घण्टामा एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्मकै एकै दिनमा थपिएको यो संख्या उच्च हो । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अविधिमा २ हजार ६७५ जना कोरोनाबाट निको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।
बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको सरकारी तथ्यांमा उल्लेख छ । संस्थागत आइसोलेसनमा ११ हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको सरकारी तथ्यांमकमा उल्लेख छ ।
उपत्यकामा मात्रै २५४० जना संक्रमित
काठमाडौं उपत्यकामा बितेको ४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् ।
प्रतिक्रिया