डीभीको फारम खुल्यो, कसरी भर्ने ?

काठमाडौं, २२ असोज । सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ ।
नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न सुरु भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म तोकिएको छ । डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिनेछ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ ।

फाराम भर्नका लागि आधिकारिक वेबसाइट डब्लु डब्लु डट डिभी लोटरी डट स्टेट डट जीओभीमा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ । बिना शुल्क भर्न सकिने भएकाले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत दूतावासले आग्रह गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति