कर्मचारीमा कोरोना देखिएपछि आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द

महेन्द्रनगर, २२ असोज । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षणको कार्यका लागि पठाइएको जनाएको छ । परीक्षणको नतिजा नआउँदासम्मका लागि कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएका छन् ।

यसैगरी, पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि आजदेखि अति आवश्यकबाहेकका सेवा बन्द गरिएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाका सेवा बन्द गरिएका हुन् । नगरपालिकाको वडा नं २ ले भने असोज २६ गतेसम्मका लागि सेवा बन्द भएको जनाएको छ । अत्यावश्यक सेवा लिनका लागि स्वास्थ्यका मापदण्ड पालना गरी सेवा लिन सकिने नगरपालिकाबाट जारी सूचनामा जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति