७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा ४३ वर्षीय पुरूष पक्राउ

काठमाडौं, २२ असोज । ७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा राजधानीबाट ४३ वर्षीय पुरूष पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका—४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक रहेका छन् ।

बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका-३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानियले देखेका थिए। स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको प्रहरीको भनाई छ ।

बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए। ती बालिका सोही स्थानको भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरको भनाई छ । एसपी राठौरले भने,बालिकालाई मेडिकल गर्न पठाइएको छ। त्यसको रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति