भारतमा कोरोना संक्रमितको संख्या ६८ लाख नाघ्यो, १ लाख ५ हजार बढीको मृत्यु

काठमाडौं, २२ असोज । भारतमा पछिल्लो २४ घण्टामा ७८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७८ हजार ८०९ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६८ लाख ३२ हजार ९८८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५८ लाख २४ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २ हजार ९७२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति