कोरोना संक्रमणबाट ललितपुरमा ६९ वर्षीया महिलाको मृत्यु

ललितपुर, २१ असोज । ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा बालाजुकी ६९ वर्षीया महिलाको आज बिहान मृत्यु छ ।

अस्पतालको चिफ अपरेटिङ अफिसर अमिष पाठकका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् । संक्रमित महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको पाठकले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति