प्रदेश ५ को प्रदेशसभा बैठक सुरु, राजधानी र नामबारे आजै मतदान हुने

बुटवल, २० असोज । प्रदेश ५ को प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको प्रदेशसभा बैठक सुरु भएको हो ।

अहिले विपक्षी दलका नेता एवं कांग्रेस संसदीय दलका प्रमुख वीरेन्द्रकुमार कनौडियाले कार्यसूची अनुसार प्रदेशसभामा धारणा राखिरहेका छन् । उनीलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्दैछन् ।

पोखरेलले दाङमा राजधानी लैजानुको कारणबारे प्रदेशसभालाई जानकारी गराउनुका साथै रुपन्देही कपिलवस्तु, नवलपरासीलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानी एवं बुटवल, भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने बताईएको छ । आजको बैठकमा प्रदेश ५ को राजधानी र नामबारे मतदान हुने कार्यसूची छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति