प्रधानमन्त्रीका विशेष सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार थापालाई कोरोना पोजेटिभ

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सल्लाहकार विष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पोजेटिभ देखिएको छ । पीसीआर परीक्षणका लागि उनीहरु दुवैको शुक्रबार स्वाव संकलन गरिएको थियो ।

विशेष सल्लाहकार रिमालले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन् , “हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो, यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछुँ ।”
प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछुँ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति