नेकपाको सचिवालय बैठक आज

काठमाडौं, १७ असोज ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको नेकपाले जनाएको छ ।

पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भैरहँदा सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् ।

सरकारले अस्ति बिहिबार शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको थियो । यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति