अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

काठमाडौं, १७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालमा भर्ना भएका छन् । कोरोना संक्रमण भएको २४ घण्टा नबित्दै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनी हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत रहेका छन् ।

उनलाई आज बिहानबाट ज्वरो आएको चिकित्सकहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।यसअघि शुक्रबार बिहान उनले ट्वीट गर्दै आफू र पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए।संक्रमण देखिए पनि कुनै लक्षण नदेखिएकाले होम आइसोलेसनमा बसेका ट्रम्प थकान महसुस गर्नाका साथै उनमा कोभिड(१९ का हल्का लक्षण पनि देखिएपछि अस्पताल भर्ना भएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति