भारतमा कोरोनाबाट १ लाखभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ६४ लाख ७१ नाघ्यो

काठमाडौं, १७ असोज । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शनिबार विहानसम्म मृतक संख्या १ लाख ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।शनिबार ७९ हजार ७७४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४ लाख ७१ हजार ७३४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५४ लाख २४ हजार ९३४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४५ हजार ९१८ जनाको उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति