प्रदेश ५ को राजधानी दाङको भालुवाङ सार्ने भएपछि बुटवलमा विरोध प्रदर्शन

बुटवल, १६ असोज । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ गर्ने प्रस्ताव गरेपछि विरोध प्रर्दशन भएको छ । आजै प्रदेश सरकारले सो प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि बुटवलमा बिरोध प्रदर्शन सुरु भएको छ ।

हाल सो प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमै रहेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो।

प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ र अर्घाखाँचीको शितगंगा नगरपालिकाका केहि स्थान समेत समेट्ने गरी राजधानी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ।

यो पनि पढ्नुहोस्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति