पाँच दिनदेखि हराएका कुमाल मृतावस्थामा

गुल्मी, १६ असोज । पाँच दिनदेखि हराइरहेका इस्मा गाउँपालिका ३ दर्लामचौरका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । दर्लामचौरको खाँसिचौरमा हराइरहेका ४९ वर्षीय वीरबहादुर कुमाल आज मृतावस्थामा फेला परेका हुन् । इस्मा ५ अँधेरी खोलामा उनको शव सडेका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले घटनास्थलमा स्थलगत मुचुल्का गरेपछि शव परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याइने प्रहरी निरीक्षक रावलले बताए । यसैबीच इस्मा ३ का एक व्यक्ति गत बिहीबार बेलुकीदेखि बेपत्ता बनेका छन् ।

दर्लामचौरका ६५ वर्षीय इन्द्रमणि मरासिनी घरमा सामान्य विवाद भएपछि घरबाट निस्केर हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको इस्मा ३ का वडाध्यक्ष तोयनाथ सापकोटाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति