कपिलवस्तुमा आधा किलो सुनसहित दाजु बहिनी पक्राउ


काठमाडौं, १६ असोज । कपिलवस्तुमा आधा किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दाजुबहिनी रहेको प्रहरीले जनाएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता आधा किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। उनीहरूको साथबाट आधा किलो सुन बरामद गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले सेतोपाटीलाई बताए। सुनसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए। उनीहरू बिहीबार पक्राउ परेका हुन्। प्रहरीले आज घटनाबारे पत्रकार सम्मेलन गरी थप सार्वजनिक गर्ने बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति