काठमाडौं, १६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीले असमानताको जोखिमलाई बढाएको बताईन् ।
महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५ औं वाषिर्कोत्सव अवसरमा उच्चस्तरीय बैठकलाई सम्बोधन गदै उनले कोरोनाको महामारीलाई प्रगतिको बाधक बन्न दिननहुनेमा जोड दिइन ।
उनले समयमै स्याहार, खोपमा समान पहुँच एवं महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुर्नलाभका योजना जरुरी रहेको समेत बताईन।
राष्ट्रपति भण्डारीले समाजमा संरचनागत खाडल तथा चुनौतीहरु पनि कायमै रहेको उल्लेख गरिन । बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तीकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको पनि उनको भनाइ छ ।
विभेदका अवशेषहरु निर्मूल पार्न र कार्यान्वयनमा रहेका कमजोरीलाई सुधार्न प्रतिबद्ध रहेको भन्दै राष्ट्रपति भण्डारीले बेइजिङ घोषणापत्रमा अन्तर्निहित सरोकारका बाह्र क्षेत्रहरूमा क्रमिक रूपमा प्रगति हुँदै गएको बताइन ।
प्रतिक्रिया