सरकारलाई मन्त्रालय नफुटाउन कांग्रेसको चेतावनी

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने चेतावनी दिएका छन् । सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केही मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल भइरहेको भन्दै नेता पौडेलले आज चेतावनी दिएका हुन् ।

नेता पौडेलले आज ट्वीट गर्दै कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्था भइसकेको छ । जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा कांग्रेस उत्रिने बताए । उनले देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम भइरहेको पनि बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति