भैरहवामा कोरोनाबाट एक जनाको मृत्यु

भैरवहा, १५ असोज । कोरोनाबाट भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा आज एक व्यक्तिको मृत्यु ज्यान गएको छ । सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशिल गुरुङले बताए ।

गुरुङका अनुसार निमोनियाबाट पीडित ती पुरुष कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा गत सोमबार अस्पतालमा भर्ना भएका थिए ।

हाल युनिभर्सल शिक्षण अस्पतालमा ९ जना कोरोना संक्रमित बिरामी उपचारार्थ छन् । जसमध्ये, ६ जना आईसीयूमा, २ जना भेन्टिलेटरमा र १ जना आइसोलेसनमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति