मुख्यसचिवमा वैरागी, खतिवडा अमेरिकाका लागि राजदुत, बेलायतका लागि रेग्मी

काठमाडौँ १५ असोज । मुख्यसचिवमा सरकारले शंकरदास वैरागीलाई नियुक्त गरेको छ । एक मन्त्रीका अनुसार मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्ले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको ती मन्त्रीले बताए । आजै राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको हो ।

कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति