२४ घण्टामा १५५९ संक्रमित, सातको मृत्यु

काठमाडौं, १४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १५५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७७,८०० नाघेको मन्त्रालयले जनाएको छ । हाल देशभरि २०,८९१ जनामा सक्रिय सङ्क्रमण रहेका छन् । तीमध्ये संस्थागत आइसोलेशनमा १०,०८७ र १०,८०४ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ। अहिलेसम्म नेपालमा ५६,४२८ जना सङ्क्रमित निको भइसकेका छन्।

थप सात जनाको मृत्यु
बितेको २४ घण्टामा नेपालमा थप सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले मङ्गलवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरे अनुसार नेपालमा अहिलेसम्म ४९८ सङ्क्रमितको मृत्यु भएको छ। त्यस्तै, कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या ५६,००० नाघेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति