ब्रोइलरका चल्लालाई ‘लोकल’ भन्दै बिक्री गर्ने चार जना पक्राउ

काठमाडौं, १३ असोज । राजधानीमा ब्रोइलरका चल्लालाई ‘लोकल’ भन्दै बिक्री गर्ने चार जनालाई प्रहरीले नियन्त्रनमा लिएको छ । काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त कालीमाटीका अनुसार ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने समूह सक्रिय फेला परेको हो । यसरी कृत्रिम रङ्ग लगाउँदै ब्रोइलर कुखुरालाई लोकल भनेर बिक्री गर्ने काठमाडौं कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई कालिमाटी बृत्तले पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहराका अनुसार उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्रमा लोकल, गिरिराज, कोईलर भन्दै १० रूपैयाँमा गरिद गरी ल्याएको चल्ला दुई सयदेखि ३ सय रुपैयाँसम्म विक्री वितरण गर्दै आइरहेका थिए।

ब्रोइलरभन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा बिक्री हुँदो रहेछ, त्यसकारण उनीहरुले आफ्नो फाइदाका लागि गलत काम गरेको भएर पक्राउ गरेको प्रहरीको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति