चितवनमा डिएसपीसहित ८ प्रहरी संक्रमित

चितवन, १२ असोज । चितवनमा एक डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूमा आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा कोरोना पुष्टि भएको हो । संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको प्रहरी उपरीक्षक नान्तिराज गुरूङले जानकारी दिए । उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको उनले बताए ।

यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो। चितवनमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति