उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ असोज । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ८०९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयको तथ्यांक अनुसार उपत्यकामा कोराना संक्रमितको संख्या २१ हजार ५०७ पुगेको छ । काठमाडौंमा १७ हजार ४८३ ललितपुरमा २ हजार ९९ र भक्तपुरमा १ हजार ९२५ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना संक्रमित पुष्टि भएका छन्।योसँगै संक्रमितको कूल संख्या ७३ हजार ३९४ पुगेको छ। २४ घण्टामा ८८५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। देशभर १९ हजार १९ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति