भारतका केन्द्रीय रेल राज्यमन्त्री अङ्गडीको कोरोना संक्रमणबाट मृत्यु

भारत । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।

११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना गरिएका ६५ वर्षका मन्त्री अङ्गडीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्गडीको निधनबारे जानकारी दिँदै ट्वीटमार्फत श्रद्धान्जली व्यक्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति