पाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिका फोक्सिङकोट बेलौजामा पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।
अविरल वर्षापछि आज बिहान खसेको पहिरोले बेलौजाका हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँचजना बेपत्ता भएका हुन् । यसैगरी फोक्सिङकोटकै सुरुमडाँडामा एक गर्भवती महिला पहिरोमा परि बेपत्ता भएकी छिन् ।
लगातार वर्षा भइरहेको र पहिरो झर्न नरोकिएकाले उद्वार कार्यमा कठिनाई भएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया