भारतले नेपाललाई दियो ९६ करोड भारु

काठमाडौं, ८ असोज । भारतले नेपाललाई दियो ९६ करोड भारु दिएको छ । भारतले नेपालको आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप भारु ९६ करोड  (१ अर्ब ५४ करोड नेपाली रुपैयाँ) नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानालाई भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति