अभिनेत्री श्वेता तिवारी कोरोना संक्रमित, छायांकन प्रभावित

काठमाडौं, ८ असोज । चर्चित अभिनेत्री श्वेता तिवारी कोरोना संक्रमित भएकी छिन् । हिन्दी टिभी जगतकी चर्चित तिवारीमा कोरोना संक्रमित भएसँगै ‘मेरे ड्याडकी दुल्हन’को छायांकन प्रभावित भएको छ । त्यसपछि अब श्वेता पनि कोरोनाद्वारा पोजेटिभ भएपछि सुटिङ केही दिनका लागि थप रोकिएको छ । श्वेता आफैंले प्रोडक्सनलाई आफू संक्रमित भएको जानकारी दिएकी थिइन् ।

सेटसँग जोडिएको एक स्रोतले श्वेता संक्रमित भएको खबर पुष्टि गरेका छन् । उनले भने, ‘हो, श्वेता तिवारीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनले नै २१ सेप्टेम्बरमा प्रोडक्सन हाउसलाई यसबारे सूचना दिएका थिए । श्वेता तिवारीका श्रीमान् अभिनव कोहलीले भास्करसँगको कुराकानीमा श्वेता पोजेटिभ आएपछि उनका छोरा रेयांश हाल उनीसँग अर्को घरमा बसिरहेको जानकारी दिए । अभिनवको घर श्वेता बसेको घरभन्दा दुई घर पर मात्रै छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board