साहित्यकार राजन मुकारुङले गरे ‘ज्यानै हाजिर भो’ सार्वजनिक

काठमाडौं, ७ असोज । साहित्यकार राजन मुकारुङ नेपाली साहित्यका एक दरिलो खम्बा हुन् । कवितामार्फत् नेपाली साहित्यमा उदाएका मुकारुङ उपन्यास र निन्बध लेखनमा पनि उत्तिकै सशक्त एक प्रखर व्यक्ति हुन् । उनले भर्खरै मात्र नेपाली संस्कृति झल्किने म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

राजन मुकारुङको शब्दमा लिम्बू संस्कृतिमुलक गीत सार्वजनिक गरिएको हो । युटुमार्फत हालै सार्बजनिक भएको गीत “ज्यानै हाजिर भो” ‘सेवारो सेवारो‘’ बोल रहेको गीतको शब्द र संगीत मुकारुङले गरेका हुन् ।

मुकारुङ यस गीतमार्फत संगीतकारको रुपमा पनि देखिएका छन् । किरण चाम्लिङ राईको आकर्षक निर्देशन रहेको गीतको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन् । ब्रबिम सेर्माका साथमा इक्सा मादेन र पुष्पा लिम्बू अभिनय रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । हेर्नुहोस् गीतको भिडियो ‘

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board