ललितपुरमा थप दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु

ललितपुर, ७ असोज । ललितपुरमा थप दुईजना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गदै मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षका पुरुषको मंगलवार मृत्यु भएको जनाएको छ।

विगत १ महिनादेखि उनको मेघा अस्पतालमा उपचार भइरहेको थियो । भदौ ६ गते उपचारका लागि भर्ना भएका उनको आज मृत्यु भएको हो ।

त्यसैगरी, अल्का अस्‍पतालमा बुधवार बिहान ७४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ । भदौ १७ गते अस्पतालमा भर्ना भएका उनको मंगलवार बिहान मृत्यु भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति