बारबर्दिया नगरपालिकाका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

नेपालगञ्ज, ७ असोज । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेतका र बर्दियाका गरी कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति