मिडिया सोसाइटीका अध्यक्ष तथा एबीसी न्यूजका प्रधानसम्पादक कंडेललाई कोरोना पुष्टि

काठमाडौं, ७ असोज । मिडिया सोसाइटी नेपालका अध्यक्ष तथा एवीसी टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलवार ह्याम्स अस्पतालमा स्बाब दिएका कंडेलको मंगलवार पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । तर घरपरिवार सवैको रिपोर्ट भने नेगेटिभ आएको छ ।

अध्यक्ष कंडेल ह्याम्स अस्पतालमा उपचाररत रहेका छन् । उनी गएको विहिवारदेखि घरमै बसेका थिए । उनको स्वरमा सामान्य समस्या देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको छ । अध्यक्ष कंडेलको सम्पर्कमा रहेका अन्य ब्यक्तिको समेत पीसीआर चेक गर्दा रिपोट नेगेटिभ आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति