डाक्टर गोविन्द केसीलाई शिक्षण अस्पताल लगियो


काठमाडौं, ६ असोज । अनसनरत डाक्टर गोविन्द केसीलाई शिक्षण अस्पताल लगिएको छ । मङ्गलबार नेपालगञ्जबाट काठमाडौं आएपछि शिक्षण अस्पताल जान खोज्दा प्रहरीले बल प्रयोग गरेर डाक्टर केसीलाई ट्रमा सेन्टर पुर्‍याएको थियो ।

ट्रमा सेन्टरले डाक्टर केसीलाई डिस्चार्ज गरेपछि उनलाई अहिले त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको छ । डाक्टर केसीको आग्रहपछि ट्रमा सेन्टरले डिस्चार्ज गरेको उनका सहयोगी प्रितम सुवेदीले बताए ।

उनलाई इमर्जेन्सी वार्डमा भर्ना गरिए पनि स्वास्थ्य समस्या भने सामान्य रहेको सहयोगी सुवेदीले बताए । केसी त्रिवि शिक्षण अस्पतालतर्फ पुगेर आकस्मिक कक्षमा भर्ना भएका छन् । अब त्यहीँबाट अनशनलाई निरन्तरता दिने उनले जनाएका छन् । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति