आज काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

काठमाडौं ६ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार काठमाडौंमा ५११, , ललितपुरमा ७३ र भक्तपुरमा ६३ गरी जम्मा संक्रमित थपिएका हुन् । २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ सय २३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।

सैबीच आज थप २ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४२९ पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा बितेको २४ घण्टामा ११ हजार १५४ जनाको पीसीआर भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति