देशभर १ हजार ३५६ संक्रमित, ८२३ जना डिस्चार्ज

काठमाडौं, ६ असोज । नेपालमा बितेको २४ घण्टामा १,३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको छ ।

यो अवधिमा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् भने यससँगै कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको सरकारी तथ्यांकले देखाउँछ ।

मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

थप २ जनाको मृत्यु
सरकारी तथ्यांक अनुसार बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ जनाको ज्यान गएको छ । यो सँगै हालसम्म मृतकको कुल संख्या ४२९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

उपत्यकामा थप ६४७ जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ६४७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति