काठमाडौं उपत्यकामा २४ घन्टामा ६ जनाको मृत्यु, ६७४ संक्रमित

काठमाडौं, ५ असोज । काठमाडौं उपत्यकामा बितेको २४ घन्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । यो अवधिमा ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  उपत्यकामा आज ज्यान गुमाउनेमा तीनवटै जिल्लाका दुई दुई जना रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ५ सय ३८ जना, भक्तपुरमा ७४ जना र ललितपुरमा ६२ जनासहित पछिल्लो २४ घन्टामा ६ सय ७४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।

त्यस्तै, अहिले देशभरि १७,६११ जनामा सक्रिय सङ्क्रमण रहेका छन् । तीमध्ये ८,९२१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् । विगत २४ घण्टामा ९,५३३ वटा नमुनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ । यो अवधिमा १,००५ जना रोगमुक्त प्रमाणित भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति