दिपाले ल्याईन् ‘नेपाल प्यारो छ’ (भिडियो)

काठमाडौं । गायिका दिपा तामाङले ‘नेपाल प्यारो छ’, बोल रहेको नयाँ गितको भिडियो सार्बजनिक गरेकी छिन् । आमशी राईको शब्द-संगित रहेको यस गीतलाई हालै युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

लोक आधुनिक रहेको यस गीतमार्फत नेपालको प्राकृतिक सौदर्य, संस्कृति भेषभुसाहरुको वर्णन गरिएको छ । साहास साक्यले गीतको संगीत संयोजन गरेका छन् भने छायांकन तथा सम्पादन बिनोद मगरको रहेको छ ।

गितको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । गितको नृत्य कोरियोग्राफी तथा भिडियो निर्देशन पनि आमशी राईले नै गरेका छन् ।

गितको रेकर्डिष्ट राजेश श्रेष्ठ हुन भने यो गितलाई मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् । गायिका दिपाको थुप्रै गीतहरु सार्वजनिक भईसकेको छ ।

हेर्नुहोस् भिडियो

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board